साढे तीन वर्षअघिको हत्यामा संलग्न भएको आरोपमा श्रीमान् पक्राउ




रौतहट,१६ असार । जिल्लाको ईशनाथ नगरपालिकामा साढे तीन वर्षअघि भएको एक युवतीको हत्यामा संलग्न रहेको आरोपमा मृतककी श्रीमान् फैयाद मिया मन्सुरीलाई प्रहरीले पक्राउ गरेको छ।

२०७८ साल माघ २६ गते ईशनाथ नगरपालिका–४ मठिया टोलस्थित भगाई साह बनियाको गहुँखेतमा २० वर्षीया चाँदनी खातुनको शव फेला परेको थियो। घाँटीमा सलले बेरेर र मुखमा कोचिएको अवस्थामा फेला परेको शव उनका आफन्तहरूले चिन्न सकेका थिए।




मृतक खातुन सोही नगरपालिका–७ घिउरा टोल निवासी थिइन्। हत्याको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। घटनापछि लामो समयसम्म अपराधी पत्ता लाग्न नसके पनि अनुसन्धानलाई निरन्तरता दिँदै आएको प्रहरीले अन्ततः साढे ३ वर्षपछि घटनामा संलग्न रहेको ठहर गर्दै चाँदनीका श्रीमान् फैयाद मिया मन्सुरीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार फैयाद मिया मन्सुरीलाई पक्राउ गरी जिल्ला अदालत रौतहटबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। घटनाको अनुसन्धान लामो समयसम्म जारी थियो।



सम्बन्धित
Loading...