न्याय माग्दै जनप्रतिनिधिहरु पुगे प्रशासन, सुरक्षा नदिएको गम्भीर आरोप




रामकुमार श्रेष्ठ – 

नवलपुर । नवलपुरका जनप्रतिनिधिहरुले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा नवलपुरका सुरक्षा निकायको कमजोरीका कारण ठूलो घटना घटेको आरोप लगाएका छन् ।




उनीहरुले आज जिल्ला प्रशासन कार्यालय नवलपुरमा दोषीलाई कारवाही गर्नु पर्ने जाहेरी पत्र बुझाउँदै यसतो आरोप लगाएका हुन् ।

सामान्य तथा आम नागरिकहरु आफ्ना जनप्रतिनिधिहरुसँग न्याय माग्ने जाने गर्दछन् । त्यति मात्र होइन आफूलाई गाह्रो साह्रो पर्दा वा गाउँमा केही समस्या पर्दा आम नागरिकले गुर्हान जाने जनप्रतिनिधिहरु माझ नै हो अहिले संघीयता आएपछि स्थानीय तहमै उपप्रमुख वा उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति गठन गरेपछि आम जनता जनप्रतिनिधिहरुसँग न्याय माग्न जाने गर्दछन् तर शनिबार जिल्ला प्रशासन कार्यालय नवलपुर अगाडि भने फरक दृष्य देखियो । वडाध्यक्षदेखि स्थानीय तहका जनप्रतिनिधिहरु, प्रदेश सभाका पूर्व तथा वर्तमान सदस्यहरु, पूर्व सांसद देखि पूर्वमुख्यमन्त्रीसम्म न्यायको अपिल गर्दै जिल्ला प्रशासन कार्यालय नवलपुरमा प्रमुख जिल्ला अधिकारीको ढोका ढकढकाउन पुगे ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते नवलपुरमा पनि सरकारी कार्यालयका साथै यहाँका वर्तमान तथा पूर्व जनप्रतिनिधिहरुको घरमा आगजनी तोडफोड र लुटपाटका घटना भए । उक्त दिन आफूहरु अन्यायमा परेको जेनजी आन्दोलनको नाममा घुसपैस गरेर आफूहरुको भौतिक संरचनामा क्षति पुर्याएको भन्दै पप्रमुख जिल्ला अधिकारी समक्ष दोषीलाई कारवाही गर्नु पर्ने माग राखेका थिए । उनीहरुले कुनै व्यक्ति वा समूहको नाममा काटानी जाहेरी नदिए पनि प्रहरी प्रशासनले भिडियो फुटेज तथा सिसी टिभी फुटेज हेरेर दोषीलाई कारवाही गर्नु पर्ने माग राखेका थिए ।

आफ्नो मागलाई सरकारी संयन्त्र र प्रहरी प्रशासनले बेवास्ता गरे आफूहरुले प्रहरी प्रशासन र सरकारी संयन्त्रको काममा असहयोग गर्ने र बहिस्कार गर्ने सम्मको चेतावनी दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले आफूहरु सरकारको नीति निर्देशन अनुसार काम गर्ने भएकोले आफूहरुमाथि शंका नगर्न आग्रह गरेका थिए ।



सम्बन्धित
Loading...