ब्लड डोनर्स सोसाइटी कावासोति नगर तदर्थ समिति गठन




कावासोती, नवलपुर — कावासोती–२ स्थित होलिडे स्कुलको सभाहलमा आज सम्पन्न भएको विशेष कार्यक्रममा ब्लड डोनर्स सोसाइटी कावासोति नगरको तदर्थ समिति गठन गरिएको छ।

सर्वसम्मत निर्णयअनुसार शिशिर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको कार्यक्रम प्रभावकारी र सफल रहेको आयोजकले जनाएको छ।




कार्यक्रमका सभाध्यक्ष ब्लड डोनर्स सोसाइटी नवलपुरका अध्यक्ष किरण भुर्तेल थिए।  कार्यक्रममा केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

त्यस्तै विशिष्ट अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाकी अध्यक्ष अमृता सिग्देल,
र अतिथिका रूपमा नेरेसो जिल्ला सदस्य बाबुराम कँडेल सहभागी थिए।

कार्यक्रमको सञ्चालन जिल्ला सदस्य सजल भट्टराईले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला सदस्य पवन भुर्तेलले प्रस्तुत गरेका थिए। कार्यक्रमको आयोजक ब्लड डोनर्स सोसाइटी नेपाल नवलपुर रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य समुदायमा रक्तदानको महत्त्वबारे व्यापक जागरूकता फैलाउने र कावासोती नगरमा संगठित रक्तदाताको सुदृढ सञ्जाल निर्माण गर्नु रहेको थियो।

आकस्मिक अवस्थामा रक्त अभाव हुन नदिन सक्रिय स्वयंसेवकहरूको समूह विकास गर्ने, युवाहरूमाझ निःस्वार्थ सेवाको भावना मजबुत बनाउने तथा भविष्यमा नगरस्तरका रक्तदान तथा स्वास्थ्यसम्बन्धी अभियानहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने लक्ष्य पनि कार्यक्रमले लिएको थियो।

उक्त उद्देश्यहरू बारे जानकारी गराउँदै जिल्ला अध्यक्ष किरण भुर्तेलले आगामी दिनमा कावासोतीलाई रक्तदानमैत्री नगर बनाउने दिशामा संस्थाले निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रमको आयोजक ब्लड डोनर्स सोसाइटी नेपाल नवलपुर रहेको थियो।



सम्बन्धित
Loading...