कावासोतीमा मोटरसाइकलको ठक्करबाट बाबुछोरा घाइते, बाबुको अवस्था गम्भीर


सांकेतिक तस्वीर ai


नवलपुर । नवलपुरको कावासोतीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बाबुछोरा घाइते भएका छन्।

कावासोती नगरपालिका वडा नं. ७ स्थित त्रिशक्ती चोकमा गैह्री गाउँबाट गोछडातर्फ जाँदै गरेको साइकललाई विपरीत दिशाबाट आउँदै गरेको ग.प्र.०४–००१ प २५३० नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।




दुर्घटनामा परी कावासोती–७ भडुवा बस्ने ४२ वर्षीय प्रेम बहादुर थनेत र उनका ९ वर्षीय छोरा गोपाल थनेत घाइते भएका हुन् ।

प्रेम बहादुर थनेतको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ र उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...