नवलपुर प्रहरीद्वारा साढे ६२ लाख बराबरको अवैध भन्सार छलीका सामग्री बरामद


रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुर प्रहरीले नवलपुरको कावासोतीबाट ६२ लाख ५० हजार बराबरको अवैध सामग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी अनिल पण्डितका अनुसार २१ लाख ६० हजार बराबरको कुर्ता सुरुवाल, ४ लाख ५० हजार बराबरको साडी र ३६ लाख ४० हजार ५ सय रुपैयाँ बराबरको कच्चा कपडा गरी ६२ लाख ५० हजार ५० रुपैयाँ बराबरको कपडा बरामद गरेको हो ।



ना ३ ख ४६७२ नम्बरको ट्रकमा विना विल भरपाई भन्सार छलि गरी अवैध रुपमा भित्र्याइएको सामग्री, ट्रक र ट्रक चालक सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बरामद सामग्री, ट्रक र ट्रक चालकलाई आवश्यक कारवाहीका लागि महेषपुर भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...