नवलपरासीकाे आज भेटिएकाे काेराेना संक्रमित नवलपुर माईत भएकी महिला


खगेन्द्र पराजुली, 


६ जेठ, नवलपुर । नवलपरासीमा आज भेटिएकाे भनिएकाे काेराेना संक्रमित नवलपुर माईती भएकी एक महिला भएकाेे खुुुुल्न आएको छ । आज मंगलवार नवलपरासीका थप एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो  ।
नवलपरासी २ जिल्लामा बिभाजन भएपछि बनेका पुर्बी र पश्चिमी जिल्ला मध्ये संक्रमित कुन जिल्लाको हो भनेर नखुल्दा यहाँ त्रास फैलिएको थियो ।



संक्रमित महिलाको स्थायी घर बुटवल भए पनि उनले आफ्नो माईती घर रहेको जिल्ला ठेगानामा उल्लेख गरेको छ । यदपि, उनको माईती नवलपुरको कुन पालिका हो भनेर अझै स्पष्ट नभएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिए।

ती संक्रमितको नमुना काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको हो ।
अहिले उनलाई काठमाण्डौमै रहेकाले त्यहीवाट सम्पर्कमा लिएर अस्पताल लैजाने तयारी भैरहेको बुझिएको छ ।
यसअघि नवलपुरका एक जनामा जेठ १ गते कोरोना पुष्टि भएको थियो । देबचुली १२ का नवलपुरका पहिलो संक्रमितको भरतपुररस्थित कोररोना अस्थायी अस्पतालको आईशोलेशनमा छन् ।


सम्बन्धित
Loading...