देवचुली ५ मा गुडिया बनाउने र सिलाईकटाई तालिम
कृशला सापकोटा –

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा शनिबारदेखि गुडिया बनाउने तालिम र सिलाईकटाई तालिम शुरु भएको छ ।
देवचुली नगरपालिका ५ वडा कार्यालयको आर्थिक सहयोगमा शुरु भएको गुडिया बनाउने तालिम ७ दिनसम्म चल्ने छ भने सिलाई कटाई तालिम ४५ दिनसम्म चल्ने छ ।
तालिम देवचुली ५ का वडाध्यक्ष शिललाल सापकोटाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रम तालिमको प्राविधिक सहयोगी संस्था भूमिका टेक्निकल सर्भिस प्रालिको सहयोगमा भएको दिपा देवकोटाले बताइन् ।
तालिममा सहभागी महिलाहरुले उद्घाटन कार्यक्रममा बोल्दै यस्ता सिपमुलक तालिमले महिलाहरुको क्षमतावृद्धिमा सहयोग पुग्नेमा जोड दिएका थिए ।
उद्घाटन कार्यक्रम विवेक अधिकारीको अध्यक्षतामा भएको थियो ।
https://www.youtube.com/watch?v=VfYwchc27E8
