अदालतको निर्णय मान्य हुन्छः राजेन्द्र महतो
गोपी ज्ञवाली –
नवलपरासी, २ फाल्गुन। प्रतिनिधी सभा विघटनको विषय अहिले अदालतमा विचाराधिन रहेको वर्तमान अवश्थामा जनता समाजवादी पार्टीका वरिष्ठ नेता एवं पुर्व आपुर्ती मन्त्री राजेन्द्र महतोले अदालतले गरेको निर्णय आफुहरुलाई मान्य हुने बताएका छन् ।
राजनैतिक कार्यकर्ता भेटघाटको क्रममा पश्चिम नवलपरासीको सदरमुकाम परासी पुग्नु भएका नेता महतोले पत्रकारहरुसंगको भेटका क्रममा आफुहरुले अदालतको निर्णय नमान्ने कहिकतै नभनेको र अदालतको निर्णण मान्य हुने बताएका हुन् ।
पत्रकारहरुलाई भेटघाटका क्रममा नेता महतोले अहिले नेपाली राजनिती अदालमा गएर अडकेको बताए । प्रधानमन्त्रि के पी शर्मा ओलीले अतासमा संसद विघटन गरि देशलाई जानीबुझी संकटमा धकेलेको आरोप लगाए । प्रतिनिधी सभा विघटन गरेर नेपाली राजनितीमा अनावश्यकको समस्या सृजना गरेको बताए ।
अहिले प्रतिनिधी सभा विघटनको मुददा अदालतमा विचाराधिन रहेको भन्दैमा त्यो विषयमा बोल्नै नहुने होईन । प्रधानमन्त्रि ओलीले आफनो पार्टी भित्रको विवादका कारण प्रतिनिधी सभा विघटन गरे पछि नेपालमा अनावश्यक राजनैतिक समस्या सृजना गरेको बताए ।
आफुहरु चुनावमा जान नडराएको तर प्रधानमन्त्रिले पछिल्लो समयमा जसरी विभिन्न कदहरु चाल्दै जानु भएको छ त्यसले नेपालको संघिय लोकतान्त्रीक आन्दोलनको उपलब्धिहरु गुम्न सक्ने खतरा रहेको बताए ।
प्रतिनिधी सभा विघटनको घटना नेपालमा दोस्रा प्रतिगमन भएको बताए । उनले भने – २०६२/६३ को जनआन्दोलन पछि अधुरो संविधान घोषणा गुर्न पहिलो प्रतिगमन थियो भने अहिले प्रधानमन्त्रिले अचानक एकल रुपमा प्रतिनिधी सभा विघटन गर्नु दोस्रो प्रतिगमन हो ।
सरकारले प्रतिनिधी सभा विघटनको कदम प्रतिगामी कदम भएको बताउनदै अब हुने आन्दोलनले मधेश, अल्पसंख्यक, जनजाति लगाएतका जाति समुदायका अधुरा माँगहरु पुरा गर्ने पक्का तय भए पछि मात्र संयुक्त आन्दोलन हुने बताए ।
पहिला राजनैतिक एजेन्डाहरुको तय गरिने र केपी सरकार विरुद्ध संयुक्त आन्दोलनमा जाने बताए ।
अब हुने संयुक्त आन्दोलनका लागि पनि संयुक्त राजनैतिक एजेन्डाहरु तय हुने र सोही अनुसार आन्दोलन हुने बताए ।
https://www.youtube.com/watch?v=rMizt0fPr3s&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=3
