भारतले बनायो नोमेन्स ल्याण्डमा पक्की टहरा, नेपालीको विरोध पछि हटाए




रामकरण हरिजन –
नवलपरासी, ६ फाल्गुन । नेपाल भारत सीमा दशजगाको नोमेन्स ल्याण्डमै भारतीय पक्षले जबरजस्ती पक्की टहरा बनाउन शुरु गरेको छ ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ ठुटीबारी नजिकै रहेको सीमा क्षेत्रको नोमेन्समा भारतीय पक्षले भन्सार कार्यालय निर्माण शुरु गरेको थियो ।




गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता दिपक लगायतको टोलीले त्यसको व्यापक विरोध गरेर जिल्लाका प्रमखु जिल्ला अधिकारी सहितको सुरक्षा अधिकारी टोलीले अनुगमन गरेपछि भारतले बनाउदै गरेको संरचना भत्काएर हटाएको हो ।

केही दिन अगाडिदेखि नियमित रुपमा उक्त क्षेत्रमा पक्की संरचना निर्माा भएको जानकारी आएपछि अनुगमन गरिएको र त्यसको नेपाली पक्षबाट व्यापक विरोध पछि संरचना भत्काएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ताले बताए ।

भारतीय पक्षले ठाउँठाउँमा दशजगा समेत मिचेर सुरक्षा निकाय लगायतको भौतिक संरचना बनाएको छ भने सुस्ता लगायत कतिपय क्षेत्रमा नेपाली भूमिमै भारतीय वस्ती बसालेका छन् ।



सम्बन्धित
Loading...