प्रगतिनगरमा सवारि दुर्घना हुदा २ जना गम्भीर घाइते
प्रितम भुजेल
३ असार । पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरकाे देवचुली नगरपालीका १४ छत्तीसघरे स्थित विधुत सवस्टेशन अगाडी सवारी दुर्घटना हुदा २ जना गम्भीर घाइते भएका छन् ।
मंगलबार साझ ९:१३ बजेको समयमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको ना३ ख नम्बरको को दसचक्के ट्रक र बिपरी दिशाबाट आउदै गरेको Rj 27 GB 4133 न को भारतिय टेलर एक आपसमा ठक्कर खादाट्रकमा सवार २ जना गम्भीर घाइते भएका छन्।
घाइते भारतीय ट्रकका चालकको उपचारका लागि चितबन भरतपुर पठाइएको छ भने नेपाली ट्रकका चालक च्याप्पीएको अवस्थामा स्थानिय बासिन्दा र प्रगतिनगर प्रहरी बिटका प्रहरीको सहयोगमा निकालने प्रयास जारी रहेकाे छ ।