कावासोती खानेपानीकाे मतदान सम्पन्न, अाजैबाट मतगणना हुने




अर्जुन अविरल
नवलपुर , १४ असार ।

नवलपुरको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिकाे नयाँ नेतृत्व चयनकाे लागि भएकाे निर्वाचनमा मतदान सकिएकाे छ ।
अाज राति १० बजेबाट मतगणना शुरू हुने जनाईएकाे छ ।





निर्वाचनमा ५ हजार ४४ मत खसेको छ । खानेपानीमा व्यक्तिगत र संस्थागत गरेर ६ हजार ६ सय ६५ मतदाता रहेका छन ।
७७ .६७ प्रतिशत मत खसेको निर्वाचन अधिकृत गणेश सापकोटाले जानकारी दिएका छन । मतदान सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उनले बताए।
मत पेटिका कावासोती खानेपानी तथा सरसफाई उपभोक्ताको सभाहल मतगणना स्थलमा ल्याई सकिएको छ ।
आज राती १० बजेभित्रमा नै मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ । तीन स्थानमा मत गणना गर्ने र भोलि साझसम्म वा पर्सी विहानसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन अधिकृत सापकाटाले जानकारी दिए ।

कहाँ कति मत खसेे
जम्मा खसेकाे मत : ५०४४ जम्मा मतदाता : ६६६५
खसेकाे प्रतिशत : ७७ .६७ %
वडा नं. २ मा खसेकाे मत: १०८९ मतदाता : १४२४
वडा नं. ३ मा खसेकाे मत: १६१७ मतदाता : २२२५
वडा नं. ५ मा खसेकाे मत: ४६७ मतदाता : ५८७
वडा नं. ६ मा खसेकाे मत: ३०९ मतदाता : ३७६
वडा नं. ८ मा खसेकाे  मत: १३३२ मतदाता : १७६५
वडा नं. ९ मा खसेकाेे मत: २३० मतदाता २८८


सम्बन्धित
Loading...