कावासाेती खानेपानीमा अध्यक्षसहित अधिकांश पदमा नेकपा प्यानल विजयी
अर्जुन अविरल
कावासाेती खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थामा अध्यक्ष सहित अधिकांश पदमा नेकपा प्यानल विजयी भएकाे छ ।

असार १४ गते भएकाे निर्वाचनमा वडा नं. ८ र वडा नं. २ काे वडा प्रतिनिधि बाहेक अरू सबै पदमा नेकपा प्यानल बिजयी भएका छन् ।
अध्यक्ष पदका उम्मेदवार भीम कंडेलले १५९ मतले शिव भट्टराईलाई पराजित गरेका छन् । नेकपा प्यानलका भीम कंडेलले २५०१ मत प्राप्त गरेका छन् भने शिव भट्टराईले २३४२ मत प्राप्त गरेका छन् ।
पदाधिकारीहरू मध्य कंडेलले सबैभन्दा कम मत प्राप्त गरेर विजयी भए।
उपाध्यक्षमा रमिला भूजेलले २५६० मत प्राप्त गर्दै विजयी भईन् भने उपाध्यक्षमा तारादेवि दवाडीले २२६७ मत प्राप्त गरिन् ।
त्यसैगरि सचिव पदमा दिपकराज लम्सालले २५९८ मत प्राप्त गर्दै विजयी भएका छन् भने सचिवका अर्का प्रत्यासी शालिराम ढकालले २२२७ मत प्राप्त गरे ।
जनजाति महिला सदस्यमा लक्ष्मी गाहा मगरले २५५६, दलित महिला सदस्यमा पार्वती वि कले २५२८ मत सहित विजयी हासिल गरेका छन् ।
त्यसैगरी लेखा संयाेजक चिन्तामणी पाैडेलले २५९३ मत, लेखा सदस्यमा रेशम चापागाईले २५४७ मत र लेखा सदस्यमा लिला थनेतले २३८३ मत प्राप्त गरी विजयी भएका छन् । जम्मा मतदाता ६६६५ रहेकाेमा ५०४४ मत खसेकाे थियाे ।
वडा नं. ३,५,६ र ९ का वडा प्रतिनिधिमा प्रगतिशिलले जितेकाे छ भने २ र ८ नं. वडा लाेकतान्त्रिकले जित हासिल गरेकाे छ ।