सिरहामा ट्रकको ठक्करबाट तीनको मृत्यु


सिरहाको धनगढीमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख २४१५ नम्बरको ट्रकले सोहि दिशाबाट जाँदै गरेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानलाई ठक्कर दिँदा म्याजिकमा सवार ३ यात्रुको घटनास्थलमै ज्यान गएको हो।



मृत्यु हुनेमा धनगढी वडा नम्बर ९ का ४५ वर्षीया बुनुमाया लामा, ३५ वर्षीय गनपैत महरा र सिराहा चोहर्वा घर भएका ७० वर्यीया बतैयादेवी राम रहेका छन्। गम्भीर घाइते धनगढी नगरपिलका–९का ५० वर्षीय रामसेवक रामको, दुईवर्षीय नावालकराजु राम, धनगढीकै साइरा खातुनलाघ उपचारका लागि विराटनगर लगिएको छ। अन्य ५ जना घाइतेहरुको सिरहाको लहानमा उपचार भइरहेको छ।



सम्बन्धित
Loading...