सप्तरीमा एकै रात पाँच घरमा लुटपाट


सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो ।



मूलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद रु ४० हजार, चाँदीको आठ तोलाको पाउजु र पाँच तोलाको ब्रासेट, मोबाइल र टर्च चोरी भएको पीडितले बताए । यसैगरी कैलु चौधरीको घरबाट नगद रु पाँच हजारका साथै कानमा लगाएको आधा तोला सुनको रिङ लुछेर लगेको चौधरीले बताए । जङ्गल राम, झमेली सदाको एक/एक थान मोबाइल र सुनिल चौधरीको कपडा र नगद रु पाँच हजार लगेको स्थानीयवासीले जनाएका छन् ।

केही दिनयता यस क्षेत्रमा चोरीको घटनामा वृद्धि भएको छ । एकै रातमा पाँच घरमा लुटपाट र चोरी भएपछि स्थानीयवासी त्रसित भएका छन् ।



सम्बन्धित
Loading...