नवलपरासीकाे दुर्घटनमा १ जनाकाे मृत्यु, १२ घाइते

नवलपुर । नवलपुरमा बुधबार भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।
रजहर प्रहरीका अनुसार रजहर चाेकदेखि पूर्वमा बुधबार विहान लु २ ख १४९३ नम्बरको वसले देबचुली १६ रजहरकी ७५ बर्षिया बृद्धा राधिका अधिकारीलाई ठक्कर दिदाँ घटनास्थमै उनको मृत्यु भएको हो ।
उनकाु शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली लगिएको छ । वस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको एवं दुर्घटनाको अनुन्धान भैरहेको प्रहरीले जनाईएको छ ।
त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत मध्यबिन्दु ८ चोरमाराको फूलवारीमा २ वटा सवारी साधन एक आपसमा जुधेर भएको दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् भने अन्य १० जना सामान्य घाइते भएका छन् । चोरमारा प्रहरीका अनुसार बुधबार बिहान करीब साढे ३ बजे पश्चिमवाट पूर्वतर्फ जादै गरेको ना ७ ख ६३ नम्वरको ट्रक र विपरीत दिशा काठमाण्डौबाट सुर्खेतका लागी छुटेको बस फूलबारीमा ठोक्किएर दुर्घटना भएको हो ।