नेपालको प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम

छेन्दु। प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनली बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा हस्ताक्षर भएपछि मुख्यमन्त्री पोखरेलले यो समझदारीले दुई देशको सम्बन्धलाई अझउचाईमा पु¥याउन बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीन बीचको निकै पुरानो घनिष्ठ सम्बन्ध रहदै आएको र यो समझदारीले भविष्यको उज्यालो यात्रा कोरेको बताउनुभयो ।

समझदारीपछि मुख्यमन्त्री पोखरेल र गभर्नर लीले दुई प्रदेशबीच उच्च स्तरको भ्रमण आदानप्रदान बढाउँदै समृद्धिको यात्रामा एक आपसमा सघाउ पु¥याउदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्रीले सम्बन्धलाई नयाँ उचाईमा अघि बढाउन नेपाली जनताको पहिले देखिको चाहना पूरा भएको बताउनुभयो । त्यसैगरी उहाँले प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी ओलीको सन्देश पनि सुनाउनु भयो ।
उहाँले गभर्नर लीलाई प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा गर्नुभयो ।
उहाँले भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको र छेन्दु—भैरहवा बीच सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।