देउरालीमा फेला परेको बम सेनाद्वारा डिस्पोज


भोजपुर । देराउली चोक नजिकै फेला परेको बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।  डिस्पोज गरिएको बम टायम बम रहेको नेपाली सेनाले पुष्टी गरेको छ ।



डिस्पोज पछाडी सो ठाँउ आसपासमा मोवाईल फेला परेको प्रहरीले जनाएको छ । मोवाइलमा समय सेट गरेर बम राखेको हुन सक्ने प्रहरीको भनाई छ । मोवाइलमा सिम भने फेला नपरेको प्रहरीले जनाएको छ ।

देउराली चोकबाट वोखिम तर्फ जाने वाटोको सिँढीमा झोलामा संकास्पद बस्तु फेला परेको हो । शंकास्पद वस्तु फेला परे स्थानीय क्रसित वनेका थिए । शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।



सम्बन्धित
Loading...