इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा, पाकिस्तानलाई झड्का


आयोजक राष्ट्र इंग्ल्यान्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न खेलमा न्युजिल्यान्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।



३०६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले खराब प्रदर्शन गर्दै ४५ ओभरमा सबै विकेटको क्षतिमा १८६ रन मात्रै बनाउन सक्यो । जितसँगै इंग्ल्यान्डले विश्वकपको सेमिफाइनलमा स्थान बनाउँदा पराजित न्युजिल्यान्ड पनि सेमिफाइनल नजिक छ । अब न्युजिल्यान्डले पाकिस्तान र बंगलादेशबीचको खेल कुर्नु पर्ने हुन्छ ।

पाकिस्तानलाई झड्का




इंग्ल्यान्डले लिग चरणमा ९ खेल खेल्दै ६ खेलमा जित र तीन खेलमा हार ब्यहोर्दै १२ अंक बनाएर विश्वकपको सेमिफाइनल पुगेको हो । यसअघि अष्ट्रेलिया र भारत विश्वकपमा पुगिसकेका थिए ।

यता, पाकिस्तानलाई भने ठूला झड्का लागेको छ । न्युजिल्यान्डले इंग्ल्यान्डलाई पराजित गरेको भए पाकिस्तानको विश्वकप सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुने थियो । तर न्युजिल्यान्ड हारेपछि भने निकै कमजोर भएको छ ।

पाकिस्तानले अब विश्वकपको सेमिफाइनलमा पुग्नका लागि बंगलादेशमाथि भारी अन्तरले पराजित गर्नुपर्ने हुन्छ । नत्र न्युजिल्यान्ड नै सेमिफाइनलमा प्रवेश गर्नेछ ।



सम्बन्धित
Loading...