पूर्वपश्चिम लोकमार्ग चार लेनको बनाउन सडक छेउछाउको रुख काटिने


 



शालिकराम भट्टराई




कावासोती । नवलपरासीको कावासोती १६ डन्डामा रहेको मध्यविन्दु साझेदारी हरियाली वन उपभोक्ता समिति कावासोती १६ डन्डा ले विशेष साधारण सभा गरेको छ ।
नारायणगढ बुटवल सडकलाई स्तरन्नती गरी चारलेनको बाटो बनाउने भनिए संगै वनको कार्यक्षेत्र भित्र पर्ने दुवै तर्फका रुखहरु कटानका लागि विशेष साधारण सभाले निर्णय गरेको सामुदायिक वनकी सचिव केशमाया कुवरले बताए।
कार्यक्रममा सडक विभागका दिपक अमात्य, आनन्द खनाल, इलाका वन महासंघ हुप्सेकोटका अध्यक्ष गुरुप्रसाद खनाल, सामुदायिक वनका सल्लाहाकार संयोजक बिष्णु पण्डित लगायतले बोलेका थिए ।
कार्यक्रम शवडिभिजन वन कार्यालय हुप्सेकोटकी प्रमुख चमेली नकर्मी देवकोटाको प्रमुख आतिथ्यता र वनका अध्यक्ष रोमप्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो ।



सम्बन्धित
Loading...