पाल्हीनन्दनको विसनपुरामा खानेपानीको हाहाकार

रामकरण हरिजन
परासी, २१ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाँउपालिका वाड नं. ५ विसुनपुरा गाँउमा पानीको हाहाकार भएको छ ।
नवलपरासीको पाल्हीनन्दन गाँउपालिका वाड नं. ५ मा पानीको मुहान सुकेर चमनटोला हर्दी विसुनपुरामा पिउने पानीको समेत हाहाकार भएको स्थानीय दयाशंकर त्रिपाठीले बताए । यहाँ एक सय भन्दा बढी घर रहेको छ ।
पानीको मुहान सुकेर यहाँ एक सातादेखि चापकलमा समेत पानी नआउँदा पिउने पानीको अभाव भएको त्रिपाठीले बताए । पछिल्लो साता चापकलमा समेत पानी आउन नसकेको उनले बताए ।
पाल्हीनन्दन गाउँपालिका वाड नं. ५ विसुनपुरा खानेपानी व्यवस्थापनको लागि चापकलकै भर पर्नु पर्ने बाध्यता छ ।
चापकलमा पानी आउन छाडेपछि त्यहाँका स्थानीय बासिन्दाहरुको घरमा मोटर (बोरिङ) लगाएर थुतिएको पानी लिन गाउँलेहरुको भिड लाग्ने गरेको छ । गाउँका केही धनाध्यले धसेको बोरिङमा पानी लिन आउने बासिन्दाको भिड लाग्ने गरेको छ ।