सुनचाँदीकाे भाउ घट्याे


हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।  सुन आइतबार तोलामा पाँच सय रुपैयाँ घटेर तोलाको ६४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



गएको बुधबारदेखि नै तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेको हो ।

यस्तै चाँदी आइतबार तोलाको सात सय २० रुपैयाँमा कारोबार भैरहेको छ । गएको १३ गतेदेखि नै तोलाको सात सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १० रुपैयाँ घटेको हो ।



सम्बन्धित
Loading...