लिबियामा मारिएका श्रेष्ठकाे शव नेपाल ल्याउन प्रयास
लिबियामा हवाई आक्रमणमा परि ज्यान गुमाएका लमजुङ, बेंसीशहर–११ सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेश ल्याउने प्रयास भइरहेको छ ।
युद्धग्रस्त देश लिबियाबाट श्रेष्ठको शव ल्याउन धेरै कठिन भए पनि त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम)सँगको समन्वयमा आवश्यक प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
केही दिनभित्रै श्रेष्ठको शव नेपाल आइपुग्ने पनि मन्त्रालयले बताएको छ । यही असार १७ गते भएको हवाई आक्रमण परेर श्रेष्ठसहित ४० जना आप्रवासी र शरणार्थी नागरिकको ज्यान गएकाे थियो ।