क्रान्तिकारी माओवादीका पाेलिट व्युराे सदस्य अधिकारीकाे निधन
नेकपा (क्रान्तिकारी माओवादी) का पाेलिटब्युराे सदस्य श्रीनाथ अधिकारीको निधन भएकाे छ ।
क्यान्सर राेगकाेे उपचार भईरहेकाे अधिकारीकाे अाईतबार राति उपचारकाे क्रममा निधन भएकाे नेकपा (क्रान्तिकारी माअाेवादी) का पाेलिटब्युराे सदस्य अशाेक लम्साल अनुकुलले बताए।
अधिकारीकाेे काठमाण्डाैैैकाे हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालमा उपचारकाे क्रममा निधन भएकाेे हाे।
नेता अधिकारीको पौष १९ गतेदेखि निरन्तर अस्पतालमा भर्ना भई उपचार भइरहेको थियाे । सुरुमा चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइए पनि थप उपचारका लागि बैशाख २७ गतेदेखि हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियाे । नेता अधिकारीलाई फोक्सोको क्यान्सर देखिएकाे थियाे ।