चोरमारामा अपाङ्ग अधिकार सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम
चोरमारा । पूर्वी नवलपरासीको चोरमारामा अपाङ्गता अधिकार सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।
अपाङ्गता पुनस्थापना समन्वय परिषदको आयोजना तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।

सोमबार र मंगलबार गरी दुई दिनसम्म चल्ने तालिमको गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठले उद्घाटन गरेका थिए ।
सागर लुइटेलको अध्यक्षतामा भएको कार्यक्रममा मध्यविन्दु नगरपालिकाका उपप्रमुख ओमकुमारी महतो, प्रमुख प्रशासकीय अधिकृत दुर्गादत्त पौडेल, मध्यविन्दु ७ का वडा अध्यक्ष अमृत ज्ञवाली, देवकुमारी पराजुली, बाबुराम पाण्डे, केदार पराजुली लगायतले बोलेका थिए ।

तालिममा अपाङ्गता भएको व्यक्तिहरु सम्बन्धी विद्यमान कानुनको बारेमा जानकारी, अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरिने सेवा सुविधा, अपाङ्गताको वर्गीकरण र प्रकार, अपाङ्गता मैत्री भौतिक संरचना लगायतको विषयमा तालिम प्रदान गरिएको छ ।
त्यसैगरी तालिममा अपाङ्गता भएका व्यक्तिको सशक्तिकरणमा स्थानीय तहको भूमिका, अपाङ्गता पत्र र यसको महत्व लगायतका विषयमा पनि तालिम प्रदान गरिने आयोजकले जनाएको छ ।