कावासोती ३ को पश्चिम टोललाई बाटो पिच गर्न ४१ लाख


कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कावासोती ३ को पश्चिम टोललाई बाटो पिच गर्न ४१ लख बजेट विनियोजन गरेको छ ।




असार १० गते पास भएको बजेट अनुसार यहाँको बाटो पिच गर्न ४१ लाख बजेट विनियोजन भएको कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले बताए । कावासोती ३ पश्चिम टोलमा स्थानीयले पछिल्लो ३ बर्षदेखि बाटो पिच गर्नका लागि दौडधुप गरेका थिए ।
कावासोती नगरपालिकाको चक्रपथ भित्र परेको उक्तबाटो गत बर्ष नै पिच हुने सूचीमा रहे पनि नगरपालिकाले चक्रपथलाई बजेट विनियोजन नगर्दा उक्त बाटो पिच हुन सकेको थिएन ।


आगामी आर्थिक बर्षमा बाटो पिच गर्ने गरी बजेट विनियोजन भएपछि यस क्षेत्रका बासिन्दा उत्साही भएका छन् ।



सम्बन्धित
Loading...