श्रीमान विदेश भएकालाई साक्षरता र मनोसामाजिक परामर्श कक्षा प्रदान

0

शालिकराम भट्टराई



असार २४ कावासोती । 

हिमालयन सामुदायिक विकाश मंच हिकोडेफले संचालन गरेको सामी परियोजना अन्तर्गतको कावासोती १७ गोछडाटारमा संचालित २४ हप्ते वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाको मंगलबार समापन गरिएको छ ।




नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुन  र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रको प्राविधिक सहयोगमा   हिमालयन सामुदायिक विकाश मन्च हिकोडेफको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।

वैदेशिक रोजगारीमा गएकाको श्रीमतीहरुलाई लक्षित गरी प्रदान गरिएको कक्षामा मनोसामाजिक परामर्शदाता विमला श्रेष्ठले मनोसामाजिक परामर्श र वित्तिय साक्षरता सहजकर्ता सुमित्रा चापागाइले वित्तीय साक्षरताका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

तालिममा सहभागी भएर श्रीमान वैदेशिक रोजगारमा रहँदा समाजबाट खेप्नुपर्ने विभिन्न लान्छना, मनोबैज्ञानिक असर लगायतका कुरालाई कसरी समाधान गर्ने, दैनिक जीवनमा खर्चमा कसरी कटौती गरी बचत गर्ने र सकेसम्म वैदेशिक रोजगारमा गएका श्रीमानलाई स्वदेशमा फर्काएर यही केही गर्न पहल गर्ने जस्ता कुराहरु सिकेको कक्षामा सहभागी रुमा पाठकले बताए ।

२४ हप्ते कक्षामा नियमित सहभागी हुने पार्वती नेपाली, उषा नेपाली, सरिता भण्डारी, रेनुका बिकलाई समापन कार्यक्रममा सम्मान समेत गरिएको थियो ।

तालिममा  कावासोती १७ गोछडाटारका २६ जना महिलाको सहभागिता रहेको थियो ।

कावासोती १७ का वडा अध्यक्ष  छबिलाल महतोको प्रमुख आतित्थतामा र कावासोती नगरपालिकाका कार्यपालिका सदस्य तथा अगुवा महिला  गीता बिकको अध्यक्षतामा समापन   कार्यक्रम भएको थियो ।

यो कार्यक्रम निकै  फलदाइ भएको र महिलाहरूले दैनिक जीवनमा  भोग्नुपर्ने धेरै समस्या कसरी समाधान गर्ने भन्ने कुरा सिकेको कावसोती १७ का वडा अध्यक्ष छबिलाल महतोले बताए । कायक्रमको संचालन रुमा पाठकले गरेका थिए ।



सम्बन्धित
Loading...