मिडिया काउन्सिल बिद्येयकबाट पछि हट्यो सरकार


गुठी विधेयक फिर्ता लिए लगतै सरकारले मिडिया काउन्सिल विधयक पनि फिर्ता लिएको छ ।
नेपाल पत्रकार महासंघसँगको तीन चरणको छलफल पछि तत्कालका लागि सरकारले मिडिया काउन्सिल विधयक फिर्ता लिएको हो ।
सरकारले नेपाल पत्रकार महासंघ लगायत अन्य पत्रकारहरुको पेशागत संगठनहरुसँग बसेर छलफल गर्ने जनाएको छ ।




नेपाल पत्रकार महासंघको अगुवाईका साथै क्रान्तिकारी पत्रकार महासंघ लगायतका पत्रकारहरुको पेशागत संगठनहरुले मिडिया काउन्सिल विधयक फिर्ता लिन र पेशागत संगठनहरुसँगको छलफल पछि मात्र संसदमा लैजान माग गर्दैै आन्दोलन थालिएको थियो ।
सरकार मिडिया काउन्सिल विधयक माथि नेपाल पत्रकार महासंघ र सम्बन्धित संस्थाहरुसँग बसेर परामर्श गर्न तयार भएसँगै नेपाल पत्रकार महासंघले पनि आन्दोलन फिर्ता लिएको छ ।
नेकपाको तर्फबाट राष्ट्रिय सभाका प्रमुख सचेतक खीमलाल भट्टराईले महासंघले उठाएको मागप्रति आफूहरु सकारात्मक रहेको लिखित पत्र दिई आन्दोलन फिर्ता लिन प्रस्ताव गरेका थिए । सो प्रस्तावपछि आन्दालेन फिर्ता भएको हो ।



सम्बन्धित
Loading...