अखिल (क्रान्तिकारी) नवलपरासीका अध्यक्ष सारदा भण्डारी गिरफ्तार

विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नवलपरासी (सुस्ता पश्चिम)का अध्यक्ष सारदा भण्डारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
प्रहरी र विप्लव समूहबीचको भिडन्तमा दुई जनाको मृत्यु
आज उनलाई सरावलको बासाबसही चोकबाट गिरफ्तार गरेर जिल्ला प्रहरी परासीमा राखिएको प्रहरीले जनाएको छ । कपिलवस्तु घर भैइ राजनीतिक कार्यक्षेत्र नवलपरासीलाई बनाउदै आएकी उनी पछिल्लो समय विद्यार्थी राजनीतिमा सक्रिय थिइन ।
उनलाई प्रहरीले आगजनी मुद्दामा फरार रहेको अभियोगमा पक्राउ गरेको जनाएको छ।