भारतः विश्वकप क्रिकेट यात्राबाट बाहिरियाे
विश्वकप क्रिकेट २०१९ को सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ।

बुधवारको हारसँगै विश्वकपको दावेदारमध्यको एक भारतको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ।
पराजयपछि भारतीय कप्तान विराट कोहलीले न्यूजिल्याण्डका बलरहरूको प्रंशसा गरेका छन्।
शुरूवाती ४० देखि ४५ मिनेटको समयमा खेलको दिशा परिवर्तन भएको उनको भनाइ छ।
मंगलबार वर्षाका कारण रोकिएको खेल बुधबार सम्पन्न भएको थियो। जसमा न्यूजिल्यान्डले दिएको २३९ रनको मध्यम लक्ष्य भारतले पूरा गर्न सकेन र ३ बल बाँकी छँदा १८ रनले पराजित भयो।