कावासोतीमा भएको दुर्घटनामा साइकल यात्रीको निधन
शोभा जिसी
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १४ थारु डण्डाबाट भित्री सडकमा भएको सवारी दुर्घटनामा एक जना साइकल यात्रीको निधन भएको छ ।

विहीबार राति भएको दुर्घटनामा परी कावासोती १४ निवासी ५६ बर्षीय तुलसीराम थनेतको निधन भएको हो ।
नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते साइकल यात्री थनेतको उपचारको क्रममा राति नै जिल्ला अस्पताल मध्यविन्दु अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीले फरार सवारी साधनको खोजी कार्य जारी राखेको जनाएको छ ।