पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु चोर्ने महिला पक्राउ


 



पाल्पा, २८ असार । पाल्पास्थित लुम्विनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु चोर्ने महिलालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पाको तानसेन नगरपालिका ९ मदनपोखराकी जमुना राना मगरको बच्चा चोरर फरार रहेकी महिलालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई स्याङ्जायको कालीगण्डकी गाउँपालिकाबाट पक्राउ गरिएको हो । उनलाई पाल्पा ल्याइएको छ । प्रहरीले उनको परिचय भने खुलाएको छैन ।
सुत्केरी जमुना अचेत अवस्थामा रहेको बेला जमुनाकी आमालाई सहयोग गर्ने वाहानामा उनले अस्पतालबाटै बच्चा चोरी गरेर फरार भएकी थिइन ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटा सहितको टोली समेत महिला र बच्चा भेटिएको स्थलमा पुगेका थिए ।
बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

 




गर्भ खेर गएपछि अस्पतालबाटै बच्चा चोरी !



सम्बन्धित
Loading...