आफैँलाई करेन्ट लगाएर पति-पत्नीले गरे आत्महत्या
जनकपुरधाम : आफैँलाई करेन्ट लगाएर जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थामा पति-पत्नीले आत्महत्या गरेका छन्। अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले अंगालो मारेरै आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले घटनाको प्रकृतिले आत्महत्या नै गरेको देखिएको जानकारी दिए। उनका अनुसार घरको कोठामा भित्रबाट चुकुल लागेको र पति-पत्नी दुवैको खुट्टामा नांगो तार बेरिएको अवस्थामा दुवै मृत फेला परेका हुन्। घटना हिजो साँझ करिब साढे ६ बजेको हो।
अहिले शव पोस्टमार्टमका लागि जनकपुर अस्पतालमा राखिएको छ। घटना गम्भीर प्रकृतिको देखिएकोले अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक साहले जानकारी दिए। उनके पोष्टमार्टमपछि घटनाको थप रहस्य बाहिर आउने बताए। उनीहरूको विवाह गत बैशाख ६ गते सामाजिक परम्पराअनुसार भएको थियो।