अपेक्षाले पाइन् ८० हजार क्यानेडियन डलरको छात्रवृत्ति
क्यानडाको एडमन्टनकी अपेक्षा खरेलले ८० हजार क्यानडियन डलरको छात्रवृत्ति पाएकी छन् । आफ्ना हजुरबुबा फणिन्द्र काफ्लेको पानी जाँच्ने प्रविधिको कामले १७ वर्षे अपेक्षालाई विज्ञान तथा प्रविधि पढ्ने इच्छा जागेको उनले बताएकी छन्।

स्थानीय सिबिसी एड्मन्टनका अनुसार उनी यसै शरद ऋतुमा शुरू हुने कलेजका तयार भएकी छन्। उनी युनिभर्सिटी अफ अल्बर्टा जाँदैछिन्। यो छात्रवृत्ति विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग वा गणित (स्टेम) पढ्ने क्यानडाभरमा ५० जनाले मात्र पाउँछन्।
उनकी आमा नेपालमा विज्ञान शिक्षिका भएको उनले अन्तर्वार्तामा बताएकी छन्। उनी नृत्यमा रूचि राख्थिन्। नेपालमै जन्मेकी अपेक्षा १२ वर्षको हुँदा क्यानडा आएकी हुन्।