बाजुराका घाइतेको उद्धार गर्न सेनाको हेलिकोप्टर जाँदै
साउन ३, २०७६ कालिकोट : बाजुरामा शुक्रबार भएको जीप दुर्घटनामा परेका घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुगेको छ। बाजुराको जगन्नाथ गाउँपालिका-५ भुकाखोलामा जिप दुर्घटना हुँदा गम्भीर घाइतेहरुलाई उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पुगेको हो । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज लगिने भएको छ। कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जिप दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। बाजुरका प्रहरी प्रमुख उद्धवसिंह भाटका अनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्। जीपमा सवार १५ जना मध्ये २ जना सकुसल रहेका छन्। जीप उकालोमा चढ्न नसकेर कर्णाली करिडोरको सडकबाट ५० मिटर तल खसेको बताएको छ। बाजुरा जीप दुर्घटनामा मृत्यु हुनेमा चालक कैलालीको टीकापुर-४ कार रमेश बोगटी र यात्रु मुगुको खत्याड गाउँपालिका-६ का २४ वर्षीय रामबहादुर शाही रहेको जीप सञ्चालक हस्तबहादुर बमले बताए ।