नवलपरासीमा होटल संचालक सहित १० जना पक्राउ
रामकुमार श्रेष्ठ
नवलपरासी, ६ साउन ।
नवलपरासीकाे बर्दघाटबाट प्रहरीले हाेटेल सञ्चालक सहित १० जनालाई पक्राउ गरेकाे छ ।
बर्दघाट २ चिसापानीमा रहेकाे न्यू सितलपार्टी स्टाप हाेटल रेष्टुरेन्ट एण्ड लजबाट हाेटेल सञ्चालक सहित १० जनालाई पक्राउ गरेकाे हाे ।
हाेटेलमा अनैतिक क्रियाकलाप हुने गरेकाे सूचनाकाे अाधारमा छापा मार्दा प्रहरीले हाेटेल सञ्चालक रेशम काेईराला सहित ४ महिला र ६ पुरूष गरि १० जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।