मालपोत कार्यालय नवलपरासीमा तालाबन्दी गरी सेवाग्राही उत्रिए सडकमा


परासी, साउन ८ ।
पश्चिम नवलपरासीको भूमिसुधार तथा मालपोत कार्यालय परासीले सेवाग्राहीको काममा ध्यान नदिएको भन्दै सर्वसाधारण सडकमा उत्रिएका छन् । एउटा कामका लागि १५–२० दिन धाउँदासमेत काम नभएको भन्दै आक्रोशित बनेका सेवाग्राहीहरुले बुधबार मालपोत कार्यालयमा तालाबन्दी गरी सदरमुकाममा प्रदर्शन गरेका हुन् ।



‘टोकन’ प्रणाली लागू गरेपनि प्रभावकारी नभएको र कर्मचारीहरुले जनताको कामलाई प्राथमिकतामा नराखेकाले आन्दोलनमा उत्रनु परेको स्थानीय राम भवन यादवले कालिका एफएमलाई जानकारी दिए । माग सम्बोधन नभए थप कडा आन्दोलनमा उत्रन बाध्य हुँने उनको भनाई छ ।

उता, मालपोत प्रमुख नवीनकुमार अधिकारीले भने कर्मचारी अभावका कारण अनलाइन सेवाबाट काम गर्नमा ढिलाई भएको तर्क गरेका छन् ।



सम्बन्धित
Loading...