भारतमा चट्याङ लागेर २३ जनाको मृत्यु
साउन ८- भारतमा चट्याङ लागेर कम्तीमा २३ जनाको मृत्यु भएको छ । भारतको बिहार र झारखण्डमा मंगलबार देखि परिरहेको बर्षासंगैको चट्याङ लागेर २३ जनाको मृत्यु भएको हो ।

भारतीय संचारमाध्यमका अनुसार बिहारको औरंगावाद , पूर्वी चम्पाचरण र भागलपुर जिल्लामा १३ जना , झारखण्डको जामताडा , रामगढ र पाकुड जिल्लामा १० को मृत्यु भएको हो । भारतको विभिन्न स्थानहरुमा बर्षा भईरहेको छ भने बिहारमा भारी बर्षाको क्रम नरोकिएको बताईएको छ । एजेन्सीको सहयोगमा