लगातारको बर्षाले नवलपरासीमा जमिन भासिदा घर भत्कियो
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं. ५ कदमपुरमा लगातारको बर्षाले जमिन भासिँदा एउटा घर भत्किएको छ ।
इलाका प्रहरी कार्यालय रजहरका प्रहरी हवल्दार दिल बस्नेतका अनुसार कदमपुरका रामबहादुर विकको दुई तले टिनको छानो भएको कच्ची भए बर्षाको कारणले घरको चारैतिर जमिन भासिदा घरको सम्पूर्ण भागको भित्ताको पर्खाल घर बस्न नमिल्ने गरी क्षति भएको छ ।
घर पूर्ण रुपमा क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।