बाग्मती चिनी मिलमा लगाएको ताला खुल्यो


श्याम थापा
सुस्ता ९ श्रावण । 
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका कुडियामा रहेकोे बाग्मती चिनी मिलमा मिती २०७६ जेष्ठ ६ गते उखु कृषकहरुले लगाएको ताला खुलेको छ ।
सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षयतामा बाग्मती चिनी मिलले भुक्तानी दिने सम्बन्धमा आन्दोलनरत कृषक प्रतिनिधि,मिलका प्रतिनिधि र जनप्रतिनिधिहरु बिच सुस्ता गाउँपालिकाको सभा हलमा बसेको बैठकले मिलमा किसानहरुले लगाएको ताला खोल्ने सहमति भएको हो ।




बैठकले मिति २०७६ श्रावण १५ गते माघ / फाल्गुन महिना सम्म खरिद गरेको उखुको पुर्जी संकलन गरि टोकन वितरण गर्ने र भुक्तानी रकम यहि श्रावण २६ गते देखी सुरु गर्ने भनेर श्रावण ९ गते सूचना प्रकाशन गर्ने निर्णय भएको छ ।
साथै मिलबाट निकास हुने फोहोर पानी व्यवस्थापन गरि अब आउने उखुको सिजन बाट मिल संचालन गर्ने पनि बैठकबाट निर्णय भएको छ । मिल संचालकले भनेको समयमा उखुको भुक्तानी रकम दिन आलटाल गरेमा पुनः उखु किसानद्वारा सशक्त आन्दोलन गर्ने सुस्ता २ का उखु कृषक ज्ञान प्रसाद पाठक सन्तोषले बताएका छ्न ।
बैठकमा मिल तर्फबाट होमकान्त लम्साल,सुरेन्द्र गुप्ता,किसानको तर्फबाट ज्ञान प्रसाद पाठक,प्रमोद थापा,राम प्रसाद पन्जियार र जनप्रतिनिधिहरु रहेका थिए ।
उखुको भुक्तानी रकम,मिलबाट निस्किएको दुषित पानी व्यवस्थापन गर्नु पर्ने जस्ता माग राख्दै बाग्मती चिनी मिल कुडियामा किसानहरुले ताला लगाएका थिए ।



सम्बन्धित
Loading...