बोर्डिगं स्कुल बस भित्र भेटियो नक्कली नोट र खैरो हेरोईन


बिक्रम खड्का,



बुटवल १० साउन ।
कपिलवस्तु प्रहरीको टोलीले ५ सय दरको ४४ हजारको नक्कली नोट र १० पोका खैरो हेरोईन सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।




ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले मायादेवी गाँउपालिका ४ पिपराबाट चाकरचौडा तर्फ जार्दैं गरेको पिस ग्लोबल ईग्लिस बोर्डिगं स्कुलको बसलाई चेक जाँच गर्ने क्रममा बसको टुलबक्सबाट सो नोट र लागु औषध बरामद गरेको हो ।

प्रहरीको टोलीले ८८ थान ५ सय दरका नक्कली नोट र १० पोका खैरो हेरोईन सगै बसका चालक मायादेवी गाँउपालिका ८ बरकुलका देउकीनन्दन कसौधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले जानकारी दिए ।

स्कुल वसमै यस्तो पदार्थ वरामद भएपछि प्रहरी पनि आश्चार्य चकित परेको छ । घटनाको गहन अध्ययन पछि मात्र वास्तविकता वाहिर आउने प्रहरीको अनुमान छ । वस चालकलाई कसैले प्रयोग गरेको हुन सक्ने भन्दै प्रहरीले उनलाई केन्द्रमा राखेर गहन अनुसन्धान थालेको हो ।



सम्बन्धित
Loading...