सेल्फी खिच्दा नदीमा खसेर उनको मृत्यु
साउन १०- सेल्फी खिच्ने क्रममा रामेछापको तामाकोशीमा खसेर एक जना युवतीको मृत्यु भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा सेल्फी खिच्नेक्रममा आज नदीमा खसेर उनको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं ६ घर भएकी १९ बर्षिया शर्मिला कर्मचार्य रहेकीछिन् । उनले मन्थली नगरपालिका वडा नं २ स्थित कठजोर खोला नजिकैबाट तामाकोशी नदी किनारमा सेल्फी खिच्ने क्रममा खसेर बगेकी थिईन् ।

सेल्फी खिच्ने क्रममा तामाकोशीमा खसेर बगाएकी शर्मिलालाईमन्थली विमानस्थल नजिकबाट नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो । उद्धारपछि उपचारका लागि अस्पताल लगिएको थियो जहाँ उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी घरबाट साथीहरुसंग घुम्नका लागि दोलखा हिडेकी थिईन् ।