कृषकलाई फलफूलका बोटबिरुवा वितरण


राम अवतार चौधरी
कपिलवस्तु । एसोसिएन अफ एग्रिकल्चर नेपालले फलफूलको बोटबिरुवा वितरण कार्यक्रम आजबाट सुरु गरेको छ । कृषकहरुको समस्यालालाई मध्यनजर गर्दै सो संस्थाले बोटबिरुवा वितरण गरेको हो ।
जिल्ला वन डिभिजन कार्यालय तौलिहवा कपिलवस्तुको सहयोगमा शनिवार बाणगंगा नगरपालिका गजेहडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रहेका लेश बहादुर केसीले एसोसिएसन अफ एग्रिकल्चरले गरेको कार्य कृषकहरुको लागि उदाहरणीय रहेको प्रशंशा गरे ।
प्रमुख केसीले बोटविरुवा रोप्नको लागि यो उपयुक्त महिना रहेको बताउँदै कृषकलाई ३ वटा बिरुवा त कमै हन्छ तर थोरै लगेर कृषकले परिक्षण गरेर आउने बर्षमा थप माग गरे बाणगंगा नगरपालिकाबाट पनि सहयोग गर्ने आश्वासन दिए । र एएएन प्रोजेक्ट सिकाएर जान्छ तर निरन्तर नरहन सक्ने हुनाले अबको समयमा नगरपालिकाको माध्यमबाट पनि दर्ता गरेर दर्घाकालिन रुपमा लैजानासक्ने उनले बताए ।
यसैबीच प्राविधिक धनीराम आचार्यले कार्यक्रममा बोल्दै आचार्यले कृषकलाई बोटबिरुवा रोप्ने तरिका बताउँदै अर्को बर्ष सबै कृषकलाई राम्रो आम्दानी लगायत वातावरण स्वाच्छा रहेको महसुस भएको खवर सुन्न पाईयोस भन्ने विश्वास व्यक्त गरे ।
विभिन्न समूहका १ हजार २ सय कृषकलाई २ वटा सुन कागती र १ वटा कल्मि आँप लगायतका फलफूलका बोटबिरुवा निःशुल्क वितरण गरएिको कार्यक्रम संयोजक राम प्रकाश चौधरीले जानकारी दिए ।
उक्त कार्यक्रममा एएएन प्रोजेक्ट कार्यक्रमका संयोजक राम प्रकाश चौधरीको संयोकतत्व, बाणगंगा नगरपालिका कृषि शाखा प्रमुख लेश बहादुर केसीको प्रमख आतिथ्यिता, बाणगंगा नगरपालिका कृषि शाखाकै प्राविधिक धनीराम आचार्य, राम अवतार चौधरी, सरिता थारु लगायत पत्रकारहरुको आतिथ्यिता, कृषक समूहका सदस्यहरुको सहभागिता र समाजसेवी झगरु थारुको स्वागत मन्तब्य र श्याम सिटीको सञ्चालन रहेको थियो ।



सम्बन्धित
Loading...