महिनावारी हुँदाको रगत आफ्नो अनुहारमा लगाउँने अचम्मको महिला
लौरा टेक्सिरा प्रत्येक महिना पृथ्वीसँग जोडिने एउटा संस्कार गर्छिन्।
२७ वर्षीया उनी आफ्नो महिनावारी हुँदाको रगत जम्मा गर्छिन् र आफ्नो अनुहारमा लगाउँछिन्।
बाँकीलाई पानीमा मिसाउँछिन् र त्यो पानी बिरुवामा हाल्छिन्।

“सिडिङ द मुन” भनिने यो प्रथा पूर्खादेखि चल्दै आएको परम्पराबाट प्रभावित छ। यो प्रथा अनुसार महिनावारी हुँदाको रगतलाई प्रजनन शक्तिको प्रतीक मानिन्छ।
महिलाहरू जो यो अभ्यास गर्छन् उनीहरूको “मुन्स” मनाउने आफ्नै तरिका छ। उनीहरू महिनावारीको चरण र चक्रको आआफ्नै तरिकाले अर्थ लगाउँछन्।
लौराले बिरुवामा पानी हाल्नका लागि आफ्नो मन्त्र भएको बीबीसीलाई बताइन्: “म क्षमा चाहन्छु, मलाई माफ गर्नुस्, म माया गर्छु र म तपाईँप्रति कृतज्ञ छु,” उनले दोहोर्याइन्।
“मैले पानी हालेका बिरुवाहरूले राम्रो पोषण पाएको र राम्रोसँग हुर्किएको देखेकी छु,” उनले भनिन्।
तर जब उनले महिनावारी हुँदाको रगत शरीरमा दल्छिन्, उनले भनिन् उनी आँखा बन्द गर्छिन् र आफू उर्जावान् भएको महसुस गरेर कृतज्ञ हुन्छिन्।