नवलपरासीमा कांग्रेस जिल्ला सभापतिमा किचलो
नारायण शर्मा (नवलपरासी)। कांग्रेस केन्द्रीय सदस्य देबेन्द्रराज कंडेलले पार्टिमा कनिष्टलाई जिल्ला सभापति बनाउन खोजेको भन्दै कांग्रेसका जिल्ला नेताहरु उनिबिरुद्ध खनिएका छन् ।
पश्चिम नवलपरासीका कांग्रेस कार्यबहाक सभापति अर्जुन प्रसाद पोखरेलले कांग्रेस जिल्ला नेतृत्व हाकि रहेको अबस्थामा पार्टिमा २ वर्ष अघि प्रबेश गरेका लोकतान्त्रिक फोरमका नेता सुभाष गिरीलाई कंडेलले जिल्ला सभापति बनाउन खोजेपछि जिल्लाका अधिकांस नेता कार्यकर्ता कंडेल बिरुद्ध उभिएका हुन ।
गिरी गत निर्वाचनपछि बिजय गच्छदारसंगै नेपाली कांग्रेसमा प्रबेश गरेका हुन । नवप्रबेशिलाई एकाएक जिल्ला सभापतिको जिम्मेवारी सुम्पिन कंडेलले चलखेल शुरु गरेपछि जिल्ला नेताहरु स्थानियतहमा निर्वाचित पालिकाका अध्यक्षहरु समेत कंडेल बिरुद्ध खनिएका हुन । पोख्रेललाई तिनवर्षअघि नवलपरासी काग्रेसको जिल्ला अबिधेशनपछि मनोनित उपसभापति बनाइएकोथियो । जिल्ला बिभावनमा पार्टि सभापति बिष्णुलामिछानेले पुर्वी नवलपरासी रोजेपछि पोखरेललाई पश्चिम नवलपरासीमा कांग्रेसको कार्यबहाक सभापतिको जिम्मेवारी दिइएको हो ।
पार्टि सभापति शेरबहादुर देउवा निकट मानिने कंडेल र अर्का नेता पुर्व सांसद देबकरणप्रसाद जयसवाल जिल्लामा मिल्दैनन् । कंडेलले पार्टि सभापति हुन कांग्रेसको महाधिबेशन सदस्यहुनुपर्ने प्राबधानको बुदामा टेकेर त्यसको ठाउमा गिरीलाई सभापति बनाउन खोजेकाहुन । पोख्रेल कांग्रेसका महाधिबेशन प्रतिनिधि होइनन् ।
पोख्रेलले कंडेलले महाधिबेशन प्रतिनिधि नभएको ब्यक्ती कार्यबहाक सभापति हुन नसक्ने र जिल्लामा लामो समय कार्यबहाक राख्न नमिल्ने भन्दै बखेडा झिकेपछि महासमिति सदस्य रहेका अनिल शर्मालाई एकाएक राजिनामा गर्न लगाएर त्यो ठाउमा पोखरेल आफु आउन खोजेकोे थिए ।
महाधिबेशन प्रतिनिधि आउन खोजेको सुइको पाएपछि कंडेलले पछि बिभाजनमा परेको रुकुममा दुबै जिल्लामा कांग्रेसले जिल्लासभापति पाउने र पश्चिम नवलपरासीमा केन्द्रीय उपाध्यक्ष बिजय गच्छारले पाउनुपर्ने भन्दै नया राजनितिक तुरुप प्रयोग गरेका थिए ।
यस अघि कंडेल जिल्ला सभापति हुदापनि पोख्रेल मनोनित जिल्ला सचिव थिए । उनै पोखरेलाई दोश्रँेपटक बिष्णु लामिछाने कांग्रेस जिल्लासभापतिमा निर्वाचित भएपछि कंडेलले नै पार्टिको उपसभापति मनोनयन गरेका थिए ।
पोख्रेलले स्यांगजामा त्यहाका सभापति कमल पंज्ञनी सभापति हुदाहुदै निधन भएपछि त्यहाका जिल्ला सचिव कुमार राना कार्यबहाक सभापति भएझै आफुपनि नवलपरासी जिल्ला बिभाजन भएर निर्वाचित सभापति पुर्वी नवलपरासीमा गएका कारण आफुकार्यबहाक भएका कारण पुरै समय आफैले काबा सभापतिको जिम्मेवारी पाउनुपर्ने वा नया जिल्ला अबिधेशन गर्न पर्ने अडानमा रहेका छन् ।
सभापति देउवा निकट मानिने कांग्रेस केन्द्रीय सदस्य एवं सांसद देबेन्द्रराज कंडेलले देउवालाई रिझाएर एकाएक सभापति बनाउन खोजेपछि बहुमत जिल्लासदस्य र निर्वाचित सबै पालिकाका प्रमुख कंडेलको कदम बिरुद्ध उभिएका छन् ।
उनिहरुले आइतवार कांठमाण्डौमा सभापति शेर बहादुर देउवालाई भेटेर कंडेलको रबैयाले पार्टि समाप्तहुने चेतावनी दिएको प्रतिनिधि मण्डलका सदस्य कुलदिप आचार्यले बताए । देउवाले पश्चिम नवलपरासीमा बहुमत कार्यकर्ता भावना अनुसार चल्ने र बिधान अनुसार चल्ने आश्वासन दिएको आचार्यले सुनाए ।
कंडेल बिरुद्ध देउवा निबासमा डेलिगेशन जानेमा पुर्व सांसदद्धय देबकरण प्रसाद जयसवाल (सन्तु) , बिक्रम खनाल, सुनवलका मेयर भरत थापा, रामग्रामका मेयर नगेन्द्र गुप्ता , लगायतका २ दर्जन जिल्ला नेताहरु थिए ।
कंडेलले आफुहरु भन्दा निकै जुनियर र पार्टिमा कुनै जिम्मेवारीमा नरहेका गिरीलाइ एकाएक सभापति बनाउन खोजेपछि सबै जसो जिल्ला नेताहरु कंडेल बिरुद्ध गोलबन्द भएका छन् ।
नेता देबेन्द्रराज कंडेलले आफुले सहमतीको राजनितिमा जोड दिदै आएको र पोख्रेल महाधिबेशन प्रतिनिधि नभएको अबस्थामा केहि हुल्लडहरुले उनलाई उचालेकोले समस्या आएको बताए ।
केन्द्रिय उपसभापति बिजय गच्छदारको चाहाना अनुसार गिरीको चाहाना आएको र आफु बिधान अनुसार पार्टि अनुसार चल्न पर्ने अडानमा रहेको बताए । आफुले कसैलाई ल्याउन चाहेको कुरा राजनितिक फण्डा मात्र भएको र आफैले अजुन पो्रखेललाई कार्यबहाक सभापति बनाएको दावी गरे । उनले सबैलाई समेटेर अघि बढदामात्र पार्टि बलियो हुने दोहोरयाए ।