मकवानपुरका चार ठाउँमा बम, दुई गाडीमा आगजनी
मकवानपुर जिल्लामा नेत्र विक्रम चन्द विप्लव निकट नेकपाका कार्यकताले ४ स्थानमा बम राखेका छन्। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जिल्लाका विभिन्न चार स्थानमा बम भेटिएको बताए।

मकवानपुरको हेटौंडा उपमहानगरपापलिकाको क्विक ट्वान्टी पार्टी प्यालेस अगाडी, हेटौंडा १ स्थित चौकिटोलको सडक खण्डमा, हेटौंडा ११ थाना भर्याङमा र हेटौंडा ४ पारिजातमा बम भेटेको हो । सबै बम सेनाले डिस्पोज गरेको छ। पारिजात पथमा भेटिएको प्रेसर कुकुर बम शक्तिशाली भएकोले उक्त क्षेत्रका विद्युत बिहानदेखि काटेर वरिपरि घरका मानिसहरुलाई हटाइएको थियो।
सेनाले उक्त बम डिस्पोज गर्दा ठुलो आवाज आएको थियो । यस्तै मकवानपुर र काठमाडौंंको सिमानामा पर्ने हुमाने भञ्जयाङमा एउटा कारमा आगजनी भएको छ। भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको हो ।
मकवानपुरमा अहिले सुरक्षा अवस्था कडा पािरएको छ। अहिले हेटौंडामा व्यपाक प्रहरी परिचालन गरेको छ । प्रहरीले आवश्यक सुरक्षासहित केहि सवारी साधनहरुलाई सहित पास गरिरहेको छ। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार आज सबै सरकारी कार्यालयहरु खोलिने र सुरक्षा कडा बनाइने बताएका छन्।
निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलको २ स्थानको टावरमा अज्ञात समूहले आगजनी प्रयास गरेको छ। मंगलबार राति अज्ञात समूहले झापाको भद्रपुर र दमकस्थित एनसेलका दुईवटाटावरमा आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार भद्रपुर नगरपालिका-३ स्थित गोले चोक र दमक नगरपालिका-१ मामा चोक रहेको एनसेलको टावरमा आजगजीको प्रयास गरिएको हो। भद्रपुरको टावर बाहिर आगो लगाउने प्रयास भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए।