नवलपुरका ७ वटा प्रहरी कार्यालयमा सिसी क्यामरा
नवलपरासी । पूर्वी नवलपरासीको ७ वटा प्रहरी कार्यालयमा सिसी क्यामरा जडान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गैडाकोट, इलाका प्रहरी कार्यालय नयाँबेलहानी, इलाका प्रहरी कार्यालय त्रिवेणीमा सिसी क्यामरा जडान गरिएको छ ।
त्यसैगरी प्रहरी चौकी अरुणखोला, प्रहरी चौकी तम्सरिया पनि सिसी क्यामरा जडान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यालय भित्र ११ वटा र बाहिर १० वटा गरी २१ वटा सिसी क्यामरा जडान गरिएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय गैडाकोटमा ७ वटा, दुम्किबासमा २ वटा, रजहरमा ६ वटा, त्रिवेणीमा ४ वटा र तम्सरिया र अरुणखोलामा २÷२ वटा सिसी क्यामरा जडान गरिएको छ ।
सिसी टिभी क्यामरा जडान पछि अपराधिक गतिविधि निगरानी गर्न सहज भएको प्रहरीको भनाई रहेको छ ।
