चार्जमा राखेको मोवाइलमा गेम खेल्दा किशोरको मृत्यु


विराटनगर । चार्जमा राखेको मोवाइल खेल्दा  एकजनको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राईको मृत्यु भएको हो ।



मोवाइल चार्जमा राखेर गेम खेलिरहेको अवस्थामा बुधबार मध्यरातमा उनलाई करेन्ट लागेको थियो । चार्जमा राखेको मोबाइलबाट करेन्ट लाग्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकाका डीएसपी राजकुमार खिइजुले जानकारी दिए ।




सौजन बुधबार राति साथी सुरज राईको घरमा सुत्न गएका थिए । दुबैजना एउटै खाटमा सुतेका थिए । खाटको छेउमा सुतेका सौजनलाई मोवाइल चार्जमा राखेर गेम खेल्ने क्रममा एक्कासी करेन्ट लागेको थियो ।

प्रहरीका अनुसार करेन्ट लागेर छटपटाएपछि सुरजले बुवा, आमालाई बोलाएर बिजुली बन्द गरेका थिए ।



सम्बन्धित
Loading...