परासीबाट २३ हजार बराबरको अवैध सामग्री बरामद


परासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको टोलीले आइतबार नवलपरासीको रामग्राम नगरपालिका ४ बैरिहवाबाट २३ हजार बराबरको अवैध सामग्री बरामद गरेको छ ।




भारतबाट अवैध रुपमा भन्सार छली चोरी निकासी तथा पैठारी गरी लुकाई राखेको अवस्थामा उक्त सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले फलामको कब्जा २ कार्टुन, सल १४ थान, कुर्था सुरुवाल ४ थान, टप्स २० थान, पेन्ट १४ लिट र नट ५ किलोग्राम बरामद गरेको जनाएको छ ।
बरामद सामग्री आइतबार नै महेशपुर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...