चुम्बनको फोटो बाहिरिएपछि प्रेमी जोडीद्वारा आत्महत्या


साउन २०-  आफनो चुम्बनको फोटो सामाजिक सञ्जालमा भाईरल भएपछि सोलुखुम्बुका एक जोडीले आत्महत्या गरेका छन् । मृतकमा सोताङ गाउँपालिकाका–४ नाम्लुङका २१ वर्षे अमिरचन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिका वाकुका निर्मला खालिङ रहेका छन् । महिलाको श्रीमान बिदेशमा रहेका छन् । श्रीमान बिदेश भएकै बेला उनको अबिवाहित युवकसंग प्रेम सम्बन्ध रहेको थियो । चुम्बनको फोटो सार्वजनिक भएपछि उनीहरु दुबैले काठमाडौंको कपनमा झुण्डिएर आत्महत्या गरेका हुन् ।



महिला छोरी पढाउँनका लागि काठमाडौँमा बस्दै आएकी थिईन् भने युवक फुपुसंग बस्दै आएका थिए । उक्त तस्बिर सोताङकै भिम राई सोलु नेपाल प्रयोगकर्ता रहेको फेसबुक आइडीबाट बाहिरिएको थियो । प्रहरीले उनीहरुको मृत्यु तस्बिर कसरी बाहिरियो भन्ने बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।



सम्बन्धित
Loading...