त्रिवेणी टिभीका अध्यक्षलाई स्टेशन म्यानेजरले कुटे


नवलपरासी (बर्दघाट) । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको त्रिवेणी सामुदायिक टेलिभिजनका अध्यक्ष भोजराज ढकाललाई स्टेशन म्यानेजर कृष्ण ढकालले कुटपिट गरेको भन्दै ढकालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्टेशन म्यानेजर कृष्ण ढकालले समितिको अनुमति र निर्णय बेगर कर्मचारी आवश्यकताको सूचना प्रशारण गरेको प्रति असन्तुष्ट रहेका समितिले पटक पटक यस्तो मनोमानी नगर्न चेतावनी दिए पनि मनोमानी गर्न नछाडेको भन्दै स्टेशन म्यानजरबाट बर्खास्त गरेपछि उनले अध्यक्षमाथि हातपात गरेका थिए ।
अध्यक्ष भोजराज ढकालका अनुसार कुस्माखर (कृष्ण) ढकाललाई स्टेशन म्यानेजरबाट जिम्मेवारी मुक्त गरिएपछि ढकाल कार्यालयमै आएर अध्यक्षमाथि हातपात गरेका हुन् ।




उनलाई बुधबार केही बेर प्रहरीले नियन्त्रणमा लिएर विहीबार ११ बजे हाजिर हुने गरी छाडिएको छ । अध्यक्ष ढकालका अनुसार स्टेशन म्यानेजर कृष्ण ढकालले आफूमाथि कारवाही गरिएको भन्दै कार्यालयमा रहेका कर्मचारीहरुलाई बाहिर निकालेर टेलिभिजनमा तालाबन्दी गर्न खोजेका थिए । सोही क्रममा अध्यक्ष र स्टेशन म्यानजेर बीच भनाभन हुँदा हातपात भएको बताइएको छ ।

कृष्ण ढकालले भने आफुले कुनै  कर्मचारी भर्ती नगरेकाे र षडयन्त्रमुलक ढंगले आफुलाई निकालिएकाे जनाएका छन्।



सम्बन्धित
Loading...